गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ८ सय ७८ पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ८७८ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रवार जनाएको छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाले ७८ जनाको ज्यान लिएको छ भने करिव १०४ जना घाइते भएका छन् । ३० हजार भन्दा बढी मृत्यु हुनेमध्ये ७२ प्रतिशत महिला र बालबालिका रहेको मन्त्रालयले जनाएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?