टर्की प्रहरीद्वारा संगठित अपराधका २५७ संदिग्धलाई पक्राउ

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । टर्की पुलिसले ३७ प्रान्तहरूमा संगठित अपराध नेटवर्कहरू बिरुद्ध गरिएको राष्ट्रव्यापी गिरोह बिरोधी अभियानमा २५७ संदिग्धहरूलाई पक्राउ गरेको छ ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले गिरोह विरोधी अभियानमा २५७ संदिग्धलाई पक्राउ गरेको बताउनुभएको हो । अप्रेशन केज-१८ को अवधिमा ९ राष्ट्रिय, स्थानीय अपराध समूह र ती संस्थालाई हतियार र अन्य स्रोतसाधन उपलब्ध गराएर सहयोग गर्ने ३० आपराधिक गुटसहित जम्मा ३९ संगठित अपराध संरचना ध्वस्त पारिएको बताइएको छ ।

यी संगठित अपराध सङ्गठनहरूले वित्त र हतियार प्राप्त गर्न कार्यस्थलमा गोली हान्ने, व्यवसायीलाई लुट्ने, हतियारको व्यापार र लागुऔषध ओसारपसारमा संलग्न भएको र अपराधको आम्दानी बाँडफाँड गर्ने विषयमा असहमतिमा सशस्त्र लडाईं गरेको आरोप लगाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?