![प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा-पत्र अनुमोदन](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/samsad-bhawan-3.jpg)
सियोल । उत्तर कोरियाले मंगलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घण्टापछि आणविक क्षमताको बी-५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।
प्योङयाङको पछिल्लो प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ मध्यम दूरीको हाइपरसोनिक मिसाइल (आईआरबीएम)को लागि ठोस–इन्धन इञ्जिन परीक्षणको निरीक्षण गरेको दुई हप्ताभित्रै भएकोे छ । दक्षिण कोरियाली सेनाका अनुसार मंगलबार बिहान प्रक्षेपण गरिएको मिसाइल दक्षिण कोरिया र जापानको बीचको पानीमा खस्नुअघि लगभग छ सय किलोमिटर उडेको जनाएको छ ।
संयुक्त सेना प्रमुखहरूले सेनाले प्रक्षेपणको विश्लेषण गरिरहेको बताएका छन् । गत महिना इन्जिन परीक्षेणमा प्रयोग गरिएकोे ‘हाइपरसोनिक वारहेड’ समावेश गरेको हुनसक्ने एक रक्षा अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ ।
उत्तर कोरियाले लामो समयदेखि उन्नत हाइपरसोनिक र ठोस इन्धन प्रविधिमा सफलता हासिल गर्न खोजिरहेको छ । यी मिसाइलहरूलाई दक्षिण कोरियाली-अमेरिकी मिसाइल रक्षा प्रणालीलाई टक्कर दिई अमेरिकाको क्षेत्रीय सैन्य आधारलाई धम्की दिन सक्षम बनाउने प्रयास गरिएको छ ।
जनवरीमा, प्योङयाङले हाइपरसोनिक वारहेडको साथ ठोस-इन्धन ‘आईआरबीएम’ प्रक्षेपण गरेको बताएको थियो । त्यसपछि गत महिना ‘नयाँ प्रकारको मध्यवर्ती दूरीको हाइपरसोनिक मिसाइल’ को सफल इन्जिन परीक्षण गरेको थियो ।
हाइपरसोनिक मिसाइलहरू छिटो र मध्यम उडानमा सञ्चालन गर्न सकिन्छ । तिनीहरूलाई नियन्त्रण गर्न र रोक्न गाह्रो हुने भएकाले ठोस–इन्धन मिसाइल प्रक्षेपण गर्नुअघि इन्धन आवश्यक पर्दैन । प्रयोग गर्न छरितो रहेका मानिने ती मिसाइललाई फेला पार्न र नष्ट गर्न गाह्रो हुन्छ ।
सियोलको रक्षा मन्त्रालयले मंगलबार वासिङ्टन र टोकियोसँग संयुक्त हवाई अभ्यास गरेको छ । जसमा कोरियाली प्रायद्वीप नजिकै आणविक क्षमता बी-५२ एच बमवर्षक र एफ-१५ के लडाकु जेटहरू सामेल छन् ।
यो अभ्यासको उद्देश्य ‘उत्तरको आणविक र क्षेप्यास्त्र खतराहरू विरुद्ध संयुक्त तयारी सुधार गर्नु रहेको’ स्रोतले जनाएको छ । कोरिया एसोसिएसन अफ डिफेन्स इन्डस्ट्री स्टडीजका हान क्वोन–हीले भन्नुभयो, ‘मंगलबारको प्रक्षेपण ‘प्योङयाङको मिसाइल विकासको नवीन हिस्सा र यसमा हाइपरसोनिक हतियारहरू समावेश भएको जस्तो देखिन्छ ।’ हतियारको संवेदनशील प्रकृतिलाई ध्यानमा राख्दै किमले रूसी सहयोगमा नभई घरेलु रूपमा यस्तो प्रविधि विकास गरिरहेको उहाँले बताउनुभयो ।
मस्को र प्योङयाङबिचको कथित हतियार हस्तान्तरणको अनुसन्धानको बीचमा संयुक्त राष्ट्रसंघमा रूसी भिटोले उत्तर कोरियाली प्रतिबन्ध उल्लंघनको संयुक्त राष्ट्रसंघीय विशेषज्ञको अनुगमन समाप्त गरेको केही दिनपछि यो प्रक्षेपण भएको हो । उत्तर कोरियाले यस घटनाक्रमबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
दक्षिण कोरियाको आमचुनावमा मतदान गर्नुभन्दा एक हप्ताअघि प्रक्षेपण भएको छ । जसमा प्योङयाङसँग कडा लाइन लिएका राष्ट्रपति युन सुक योलको पार्टीले संसदमा आफ्नो पकडलाई पुनः बलियो बनाउन खोजिरहेको छ ।
‘किम शासनले सैन्य क्षमतालाई अगाडि बढाउने र दक्षिण कोरियाली विधायिकी निर्वाचन अभियानको समयमा आफ्नो क्षमता देखाउने कुरालाई प्राथमिकता दिन्छ’, सियोलको इवा विश्वविद्यालयका प्राध्यापक लेइफ-एरिक इस्लीले बताउनुभयो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच