सिन्धुली । कमलामाई नगरपालिका, सिन्धुलीले कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमा परिचयपत्र वितरण गरेको छ । वातावरण शाखाअन्र्तगत रहेर फोहोर व्यवस्थापन तथा सरसफाई क्षेत्रमा काम गर्ने कर्मचारीलाई बीमा परिचयपत्र वितरण गरेको हो ।
शनिबार एक कार्यक्रमकाबीच नगर प्रमुख उपेन्द्रकुमार पोखरेल र उप्रमुख मञ्जु देवकोटाले संयुक्त रुपमा ३० जना कर्मचारीलाई स्वास्थ्य बीमा परिचयपत्र प्रदान गर्नुभयो ।
बीमा परिचयपत्र प्राप्त गरेका कर्मचारीका पाँच जनासम्मको परिवारलेसमेत स्वास्थ्य बीमाअन्र्तगत रहेका सेवा, सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
सरसफाई क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्य विशेष जोखिममा रहने भएकाले स्वास्थ्य नीतिअनुसार नै नगर सफा र सुन्दर बनाउन खटिएका कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमा परिचयपत्र उपलब्ध गराइएको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।
भन्नुभयो, ‘फोहोर व्यवस्थापन गर्ने कर्मचारीको स्वास्थ्य जोखिममा हुन्छ । काम गर्दागदैँ बिरामी भयौँ भने हाम्रो आर्थिक अवस्थाले नभ्याउन सक्छ । यस्तो अवस्थामा स्वास्थ्य बिमाले ठूलो टेवा पुग्ने छ ।’
आगामी दिनमा जोखिममा काम गर्ने कर्मचारीको जीवन बिमा गर्ने कार्यलाईसमेत अगाडी बढाइने उहाँले आश्वासन दिनुभयो ।
नगर उपप्रमुख मञ्जु देवकोटाले स्वास्थ्य बिमा परिचयपत्र वर्षेनी नविकरण गरेर स्वास्थ्यको पहूँचमा रहन आग्रह गर्नुभयो । आफ्नो स्वास्थ्यको सुरक्षा गदैँ सफा नगर बनाउन उहाँले कर्मचारीलाई अनुरोध गर्नुभयो ।
नगरलाई हराभरा र सुन्दर बनाउन खटिएका कर्मचारीसहित विपन्न, पछाडी परेका वर्ग र अन्यलाई स्वास्थ्यको पहूँचमा पुर्याउन गरिएको कार्य उदाहरणीय भएको उल्लेखसमेत गर्नुभएको थियो ।
स्वास्थ्यमा पहूँच विस्तार गर्न औचित्य र आवश्यकताका आधारमा थप कार्यक्रम सञ्चालन गरिने र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाई छ ।
नगरपालिकाले स्वास्थ्य जोखिममा रहेका कर्मचारीलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएर प्रशंसनीय कार्य गरेको राष्ट्रिय बीमा बोर्ड सिन्धुलीका प्रमुख रमेशकुमार घिमिरेले बताउनुभयो । उहाँकाअनुसार स्वास्थ्य बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झै–झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गराएमा भने यो सेवा पाउने छैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच