काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराउनुभएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराउनुभएको थियो ।
त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराउनुभएको थियो ।
राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पनि सांसदहरुलाई अनिवार्य उपस्थिति भई आफ्नो पक्षमा मतदान गर्न पनि निर्देशन दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक पाण्डेले बताउनु भयो ।
राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत फागुन ३० गते लिने तयारी छ । त्यसैगरी बैठकले कार्यतालिका अनुसार नै संघीय संसदको बैठक अघि बढाउने विषयमा पनि आफ्नो पार्टीले जोड दिने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच