काठमाडौं । मल्लिका कार्कीको स्वरमा रहेको गीत ‘गाजले’ सार्वजनिक भएको छ । राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत, राजन इशानको एरेन्ज रहेको र श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत म्युजिक क्लाउड स्टुडियो कमलादीमा रेकर्ड गरिएको हो ।
डान्सिङ नम्बरको गीतमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड हुनुहुन्छ । मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मनपर्ने कुरा उल्लेख गर्नुभएको छ ।
भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन, अनन्त घिमिरेको डिजाइन, सरोज पाण्डेको मेकअप, मनिक तामाङको आर्ट, देवराज सापकोटाको प्रोडक्सन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ । भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच