
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) बढेपछि ५० अर्ब रुपैयाँ बजारबाट खिचेको छ । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले अन्तर बैंकिङ ब्याजदर नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ ।
राष्ट्र बैंकका अनुसार अझै पनि बजारमा ४८ अर्बभन्दा बढी तरलता छ । बढ्दो रेमिट्यान्स आप्रवाह, सुस्त आर्थिक गतिविधिलगायतका कारण बैंक वित्तीय संस्थामा निक्षेप बढ्न गएको छ ।
राष्ट्र बैंकका अनुसार अझै पनि बजारमा ४८ अर्बभन्दा बढी तरलता छ । बढ्दो रेमिट्यान्स आप्रवाह, सुस्त आर्थिक गतिविधिलगायतका कारण बैंक वित्तीय संस्थामा निक्षेप बढ्न गएको छ । पछिल्लो समय ब्याजदर घटे पनि उद्योगी व्यवसायीले नीतिगत स्थिरता नभएको र लगानी वातावरण नरहेको भन्दै कर्जा लिन डराइरहेको अवस्था छ ।
बैंकहरूले कर्जा लगानी गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा ब्याजदरसमेत प्रभावित हुन्छ । सोही कारण केन्द्रीय बैंकले तरलता व्यवस्थापन तथा ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि बिहीबार ५० अर्ब रुपैयाँ बराबरको १४ दिने निक्षेप संकलन उपकरण जारी गरेको थियो ।
राष्ट्र बैंकका अनुसार बिहीबार निष्काशित १४ दिने अवधिको ५० अर्बको निक्षेप उपकरणमा १७ बैंक तथा वित्तीय संस्थाले ८३ आवेदनमार्फत् ९५ अर्ब ६० करोड रुपैयाँ बराबरको माग आवेदन दिएका थिए । बैंक तथा वित्तीय संस्थाले ब्याजदर धेरै मोलमोलाइ नगरेपछि निष्कासन गरेको सबै निक्षेप संकलन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच