
काठमाडौं । रिलायन्स् कोएडको आठौं अभिभावक दिवस सम्पन्न भएको छ । रिलायन्स् कोएडको प्रागंणमा एक विशेष समारोहबीच वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । १२ कक्षा उत्तीर्ण हुनासाथ विदेश पलायनक्रम रोक्ने हो भने स्नातक अध्ययन गर्ने सबै विद्यार्थीहरूका लागि आंशिक रोजगारी दिनुपर्ने आग्रह गर्दै कार्यक्रममा वरिष्ठ पत्रकार दाहालले यस्तो धारण राख्नु भयो ।
‘विदेश जान रोक्ने हो भने स्वदेशमा नै शिक्षाको प्रमाणपत्रसँगै सीप र अनुभवमा समेत विद्यार्थीहरुलाई दक्ष गराउनु जरुरी छ’, उहाँले भन्नुभयो, ‘अवस्था अनुसार समय विभाजन गरी आंशिक काम र श्रमको पारिश्रमिक तोक्ने हो भने विद्यार्थीमा आफैंले कमाउने बानी विकास हुन्छ, उसले सीप सिक्छ र समर्थ हुन्छ ।’ उहाँले रिलायन्सले भौतिक विषयसँगै विद्यार्थीहरूमा आध्यात्मिक चेतना प्रदान गरेकोमा प्रशंसासमेत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्राचार्य दशरथ ज्ञवालीले बालुवाखानी कपनमा रहेको रिलायन्स कोएडमा यतिखेर करिब एक हजार विद्यार्थी अध्ययनरत रहेको र विभिन्न विषयमा उनीहरूको विज्ञता रहेको जानकारी दिनुभएको थियो ।
सभापतिको आशनबाट रिलायन्स एजुकेशन नेट वर्कका अध्यक्ष तथा रिलायन्स इन्टरनेसनल कलेजका प्राचार्य रवीन्द्रजंग थापाले नेटवर्कभित्र सातवटा शैक्षिक संस्थाहरू रहेको र सबै नै उत्कृष्ट परिणाम ल्याउन सफल रहेको हुनाले रिलायन्सको विश्वसनीयता झन् थपिँदै गएको बताउनुभयो । कार्यक्रममा बोर्ड डाइरेक्टर राजु शिवाकोटीले शिक्षा कस्तो हुनुपर्छ र कसरी दिनुपर्छ भन्ने कुरा विद्यार्थीहरूको जिज्ञाषाका आधारमा निर्धारित हुनुपर्ने विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रमको आरम्भमा रिलायन्स इन्टरनेसनलका सहप्राचार्य दामोदर निरौलाले ध्यानको महत्व बताउनु हुँदै ध्यान गराउनु भएको थियो । रिलायन्समा सबैभन्दा पहिले ध्यानबाट कक्षा र कार्यक्रमहरू सुरु गर्ने परम्परा छ । कार्यक्रममा अभिभावक भगवती कार्कीले आफ्ना सन्तानले राम्रो शिक्षा पाएकोमा सन्तोष प्रकट गर्नुभएको थियो ।
विद्यार्थीहरूले वैदिक मन्त्रको सस्वर सुन्दर प्रस्तुति गरेका थिए । सो अवसरमा भरत नाट्यम, योग, कौडा नृत्य, साकेला नृत्य, मगउता नृत्य, थकाली नृत्य, झिझिया नृत्य, तामाङ नृत्यहरू प्रस्तुत गरिएको थियो । अभिभावकहरूले खचाखच भरिएको कार्यक्रममा विद्यार्थीहरूले नाटक, संस्कृति गीतसहित विभिन्न मनोरञ्जनपूर्ण कार्यक्रम प्रदर्शन गरेका थिए । विना सिंहको कुशल उद्घोषणमा सञ्चालित कार्यक्रमलाई प्रमुख अतिथि दाहालले पानसमा बत्ती प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच