
म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौर र मालिका गाउँपालिका-७ बिमका विद्यार्थीहरुले पढाइसँगै पैसा पनि कमाएका छन् ।
पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२ स्थित मंगला माध्यमिक विद्यालय र मालिका गाउँपालिका-७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफुल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानीसमेत गर्न थालेका हुन् ।
मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९-१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठा बाहेक खेतबारीमासमेत पुगेर च्याउ उत्पादन गरी बावियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो । बजारमा विद्यार्थीहरुले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ ।
विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीहरुले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ ।
“विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बावियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ,विद्यार्थीले लगाएको च्याउको बजार खोज्न समेत सघाउँछौँ” प्रअ खत्रीले भन्नुभयो ।
विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाई छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जनाविद्यार्थीहरूले सामुहिकरुपमा च्याउ खेती गरेका छन् । विद्यार्थीहरुको समय कक्षा कोठा र खेतबारीमा धेरै वित्ने गरेको छ ।गाउँमै बाली विज्ञान पढ्न पाएकोमा विद्यार्थी खुसी छन् ।
एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उहाँको भनाइ छ ।
विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन् ।नेपाल सरकारको नमूना विद्यालय मंगला माविले भाडामा लिएको २ रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बिउलगायतका उपज फलाउने गरेका छन् ।
विद्यालयमा बि.स २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा ल्याब असिस्टन्टेन्टसहित ९ जना दरबन्दी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच