
कैलाली । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काग्रेंस नेतृत्वमा बनेको गलत नियतको गठबन्धन भत्काउनुनै एमालेको उपलब्धी रहेको बताउनु भएको छ । धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले काग्रेंस नेतृत्वको गठबन्धनबाट देशले निकास नपाइरहेका बेला त्यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बन्नुनै उपलब्धी रहेको बताउनु भएको हो ।
काग्रेंस नेतृत्वको गठबन्धनले निकास दिन सकेको थिएन पोखरेलले भन्नुभयो “अर्थतन्त्रको स्थिती सुधार हुन सकेको थिएन, त्यही गठबन्धनका कारण सरकारले सही दिशा लिन सकेको थिएन त्यसै कारण हामीले नयाँ गठबन्धन बनाउनका लागि पहल गरेका थियौँ र सफल भइयो, हामीले नयाँ सोच र स्पिडका साथ गठबन्धन सरकार बनाएका छौँ, यो सरकार र गठबन्धनले गति लिन्छ, सही उद्देश्यका साथ भएको गठबन्धनले सही दिशा लिन्छ ।”
'एमालेका लागि सरकार, मन्त्रालय भन्दा पनि उद्देश्य ठुलो हो, हामीले त्यो उद्देश्यका साथ नयाँ गठबन्धन बनाएका छौँ' उहाँले भन्नुभयो “हामीले कुन मन्त्रालय लियौँ भन्ने कुरा ठुलो भन्दापनि सरकारको दिशा कस्तो छ भन्ने कुरा ठुलो हो हाम्रो लक्ष सही छ, त्यस कारण हामी सफल हुन्छौँ, एमालेको उद्देश्य देश बनाउने हो, देश बनाउने शक्ती एक हुन जरुरी छ, त्यो भएको छ र अन्य शक्तीहरुलाइपनि यो गठबन्धनमा सहभागी हुन आग्रह गरेका छौँ ।”
पोखरेलले यो गठबन्धनमा अन्य दलहरुलाई पनि सहभागी हुन आग्रह गर्नुभयो । प्रदेशहरुका सरकार निर्माणमा गठबन्धनलाई बहुमत नपुगिरहेको प्रशंगमा पोखरेलले अन्य दलहरुसंग छलफल भइरहेको बताउनुभयो । उहाँले सबै प्रदेशमा बहुमतको सरकार यही गठबन्धन नेतृत्वमा बन्ने दावी गर्नुभयो ।
तत्कालै कम्युनिस्ट एकताको कुरा भन्दापनि देशलाई निकास दिने कुरामै बढी जोड रहेको पोखरेलले बताउनुभयो । पहिला देश बनाउने कुरा हो त्यसपछि पार्टी एकताका कुरा हुन्छन् उहाँले भन्नुभयो “कम्युनिस्ट एकताका कुरापनि समय आउँदा होला, तर तत्काल हाम्रो ध्यान देशलाई सही दिशामा ल्याउने हो त्यसका लागी देशका लागी काम गर्ने शक्ती एक हुनुपर्थ्याे, त्यो भएको छ ।” पोखरेल नेकपा एमाले बैतडीको नवौँ अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका थिए । आजै पोखरेल बैतडी प्रस्थान हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच