काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ ।
बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी बालुवाटार स्रोतले दियो ।
दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ हुनु हो । उहाँ राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुनु हो ।
यसअघि राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति बनेको भएपनि प्रधानमन्त्री ‘प्रचण्ड’ ले गठबन्धन भत्काएर एमालेसँग सहकार्य गरेपछि माओवादीको भागमा राष्ट्रिय सभाको अध्यक्ष परेको थियो ।
त्यस्तै, कांग्रेसले यसअघि कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन चाहेको भएपनि स्पष्ट बहुमत नभएको अवस्थामा युवराज शर्मालाई उम्मेदवार बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच