काठमाडौंमा आजदेखि एक हप्ता फोहोर नउठ्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजदेखि एक हप्ता नउठ्ने भएको छ ।

नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो ।

योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो । जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन ।

यो सँगै काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिन लागेको हो ।

महानगरले यस अवधिमा आ-आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?