काठमाडौं । मधेशकेन्द्रित दलहरू जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबीच कार्यगत एकता भएको छ । आइतबार ती दलले कार्यगत एकता गर्ने घोषणा गरेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष वृशेषचन्द लालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गर्नुभएको हो ।
यसअघि तमलोपा र जनता प्रगतिशीलबीच कार्यगत एकता भएको थियो । सो अभियानमा जनमत पार्टी पनि मिसिएको हो । जनता प्रगतिशील पार्टीले कार्यगत एकताका लागि लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रस्ताव गरेको छ ।
ती दलले नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभदेहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्नेलगायत सात बुँदे सहमति गरेका छन् ।
देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग-धन्दा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा र स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न पनि सहकार्य गरेको तीनै दलका अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच