भोजपुर । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी र समुदाय बीचको आपसी सदभाव कायम राख्न जरुरी रहेको बताउनु भएको छ ।
प्रमुख खापुङले प्रहरी र समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको हो । प्रहरी सधैं जनताको सहयोगी र सेवककोरुपमा काम गर्दै आइरहेको हुँदा आगामी दिनमा समन्वय र सहकार्यका लागि कोशी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको प्रदेश प्रहरी प्रमुख खापुङको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षणका लागि भोजपुर आई पुग्नु भएका प्रदेश प्रहरी प्रमुख खापुङले सरोकारवालाहरुसँग सोमवार भएको अन्तरक्रिया कार्यक्रममा सो धारणा राख्नु भएको हो । प्रहरी र समुदायबीचको सम्बन्धले प्रहरीको सेवा प्रभावकारी हुने बताउँदै प्रमुख खापुङले नकारात्मक सोचलाई त्याग्न सकिएमा परिणाम राम्रो आउने पनि बताउनुभयो । प्रहरीप्रति नागरिकको विश्वास बढ्दै गएकाले प्रहरी युनिटहरुको मागहरु थपिएको बताउँदै प्रदेश प्रहरी प्रमुख खापुङले तत्कालका लागि केही दरवन्दी थप गर्दा पनि जनशक्तिको अभाव देखिने बताउनुभयो ।
प्रहरीको रचनात्मक आलोचना पनि जरुरी रहेको बताउँदै प्रमुख खापुङले त्यसले सुधारमा प्रहरीलाई मद्धत गर्ने बताउनुभयो । उहाँले प्रहरीका बिषयबस्तु, जनअपेक्षाका बिषयमा कलम चलाई दिन पनि पत्रकारसँग आग्रह गर्नुभयो ।
सोक्रममा पूर्वप्रहरी संगठनका अध्यक्ष कर्णबहादुर कार्की, उद्योग बाणिज्य संघका उपाध्यक्ष निरकुमार बिक, सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिलामाया तामाङ, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, बरिष्ठ पत्रकार निरोज कोइराला, बिश्वनाथ पराजुली लगायतले प्रहरीको भुमिका लगायतका बिषयमा धारणा राख्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच