काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।
यसअघि कांग्रेस(माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्दै ती प्रदेशमा नयाँलाई नियक्त गरेको हो ।
मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनु भयो ।
नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् ।
काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकि प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै मन्त्रिपरिषद्का विभिन्न समितिहरु समेत बनाइएको छ ।
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रिय समिति बैठकले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरिएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले सो उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारको कामबारे समिक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरुसँग छलफल गरेर सरकारको कामको समिक्षा गर्ने निर्णय पनि गरेको छ । पार्टीलाई सरकार, संसद र संगठनमा बलियो बनाउन सहयोगी टिमहरु गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताउनु भयो ।
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।
सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताउनु भयो ।
उहाँले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाई नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताउनु भयो ।
काठमाडौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ ।
आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उहाँसँग आग्रह गर्नुभयो ।
अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गर्नुभएको उहाँले सचिवालयले जनाएको छ ।
विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताउनुभयो । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।
प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त हुनु भएको हो । उहाँलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ गराउनु भयो ।
चौधरीले थारु भाषामा शपथ लिनुभयो । योसँगै सुदूरपश्चिम मन्त्रीमण्डल ८ सदस्यीय बनेको छ । गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थप्नुभएको थियो । मुख्यमन्त्री शाहले यसअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, प्रमुख सचेतक खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
दार्चुला । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ ।
आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए ।
जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
धरान । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
धरान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाँच पटकको विजेता पुलिस क्लबमाथि सहज जित निकालेको हो । मोरङ फुटबल एसोसिएसनका लागि महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे ।
झापा । झापा गोल्डकपको आज भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब च्याम्पियन बनेको छ ।
विर्तामोडस्थित डोमालाल रङ्गशालामा यही फागुन १९ गतेदेखि सुरु भएको गोल्डकपको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । विजयी बनेसँगै चर्च ब्वाइजले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियन चर्च ब्वाइजले रु १३ लाख प्राप्त गरेको छ । पहिलोपटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै रु सात लाखमा चित्त बुझाउन बाध्य भयो ।
रुपन्देही । सन् २०१४ वल्र्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।
तिलोत्तमा नगरपालिकामा नीजि क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एकदिने उक्त प्रतियोगिता भएको हो ।
चार टोलीले प्रतिष्पर्धा गरेको प्रतियोगिताको फाइनलमा सन् २०१४ वर्ल्ड लिजेन्डले रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै उपाधि जित्यो । सन् २०१४ वल्र्ड कप लिजेन्डको कप्तानी पारस खड्का र रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच