
सिंगापुर । गत फेब्रुवरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिंगापुर भ्रमण गरेका छन् । सिंगापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्यांकनुसार फेब्रुवरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिंगापुर भ्रमण गरेका छन् । कुल तीन लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिंगापुरको भ्रमण गरेका छन् ।
सिंगापुरपछि इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्यांक छ । चीन र सिंगापुरले फेब्रुवरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए । एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन एक करोड ५० लाखदेखि एक करोड ६० लाख पुग्ने अनुमान गरेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच