
काठमाडौं । मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि योगा कक्षा सञ्चालन गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको योगा कक्षाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । योगा प्रशिक्षक पुष्करराज पन्तले योगा कक्षा सञ्चालन गर्नुभयो ।
राखेपको आयोजना तथा राष्ट्रिय टिम तयारीको समन्वयमा भएको योगा कक्षामा विभिन्न पाँच खेलका ५० खेलाडी र १० प्रशिक्षक गरी ६० जना सहभागी थिए । हरेक महिना योगा कक्षा सञ्चालन गरिने राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच