
धरान । झापाको काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १-० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
धरान रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका आशिष चापागाईँले निर्णायक गोल गर्नुभएको थियो । उहाँले खेलको ४४औँ मिनेटमा गोल गर्नुभएको थियो ।
काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरले फाइनल यात्राका लागि बिहीबार एनआरटी क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दी म्याच काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरका विशाल घलान घोषित हुनुभयो । उहाँले १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच