उदयपुरमा जीप दुर्घटना : पाँचको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा पांँचजनाको मृत्यु भएको छ ।

भोजपुरको दक्षिण चुहार आउँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन् ।

जीपमा १४ जना सवार रहेको सुचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना स्थलमा प्रहरी पठाइएकाले बिस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भई सकेको छैन । दुर्घटनामा परेको जीपमा भोजपुरका यात्रुहरु बढी रहेका थिए ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले बताउनुभयो ।

स्थानीयका अनुसार जीप सडकबाट करिव आठ सय मिटर तल भिरमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?