
भोजपुर । धरानबाट भोजपुर घोरेटारतर्फ यात्रु लिएर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घटनास्थलमा नै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकका अनुसार मृतक आठ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा इटहरी ९ का चालक ४० बर्षका मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० बर्षिया पर्वतमाया राई, सोही वडाका २३ बर्षिय चन्द्र प्रकाश राई, छ महिनाको बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ बर्षिया राजकुमारी राई , हतुवागढी ९ का ६८ बर्षिय पदमबहादुर थापा, बर्ष ४५ की कमला अधिकारी र घाइते हतुवागढी ५ का ४२ बर्षिय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो ।
गम्भीर घाइतेहरुलाई उद्धार गरी थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सात जना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको ब्यवस्था मिलाईएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो । घाइतेहरुको पनि बिवरण लिने काम भईरहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरको दक्षिण तर्फ आउँदै गरेको को १ ज २५९३ नम्बरको जीप बिहिवार बिहान साढे दश बजेतिर उदयपुरको बेलका ७ मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमता भन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीले अनुमान गरेको छ । जीपमा क्षमता भन्दा बढी १७ जना यात्रु सवार रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच