रुपन्देही । नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति रुपन्देहीले बुटवलको सुस्तमनस्थिति बालविद्या मन्दिरका बालबालिकालाई विद्यालय झोला, स्टेशनरी लगायतका शैशिक सामाग्री प्रदान गरेको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति रुपन्देहीले ११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भ पारेर सुक्रबार बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको सुस्तमनस्थिति बालविद्या मन्दिरका बालबालिकालाई विद्यालय झोला, स्टेशनरी लगायतका शैशिक सामग्रि प्रदान गरेको हो ।
त्यस अवसरमा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठले मजदुरको हकहितसंगै सामाजिक सेवामा महिला समितिले गरेको कामको प्रसंशा गर्नुभयो । उहाँले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने वाध्यताका विचपनि आफूहरुले पाउने पारिश्रमिकबाट गरेको सहयोगलाई सहकार्यको रुपमा लिन विद्यालयलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति रुपन्देहीकी अध्यक्ष कृष्णमायाँ रानाले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा ८ मार्चमा तयार गरिएको कार्यक्रम ट्रेड युनियन काँग्रेसका नेता प्रकाश पाठकको निधनले रोकिएको जानकारी गराउँदै विशेष परिस्थितीका कारण निर्धारित मितिमा गर्न नसकिएको बताउनु भयो । उहाँले श्रमिक महिलाहरुले सानो सानो सहयोग संकलन गरेर सानो भएपनि सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
२०५१ सालमा ४ जना बालबालिबाट सुरु गरिएको सुस्त मनस्थिती बाल विद्या मन्दिरमा अहिले ३५ जना बौद्धिक अपांगता तथा सुस्तमनस्थिती भएका बालबालिका अध्ययनरत छन् भने विद्यालयले उनीहरुसहित १६५ जनालाई सेवा प्रदान गरिरहेको बिद्यालयका अध्यक्ष लोकनाथ भुसालले जानकारी गराउनु भयो । उहाँका अनुसार विद्यालयमा आउन नसक्ने बालबालिकालाई घरमै पुगेर परामर्श सेवा प्रदान गर्दै आएको छ ।
उहाँले विद्यालय स्थापना गर्दादेखिनै आरोह अवरोहसंग संघर्ष गर्दै आएको स्मरण गर्दै अहिले पनि विद्यालय मन्दिरका रुपमा सहयोगबाटै मन्दिरका रुपमा चलिरहेको बताउनु भयो । यो विद्यालयमा आउने बालबालिकालाई कुनै प्रकारको शुल्क लाग्दैन ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, उपाध्यक्ष उर्मिला गुरुङ सचिव केशवराज पाण्डेलगायत आवद्ध संघका अध्यक्षहरुले भनाई राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच