टेनिस टोली मलेसिया प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्व जुनियर टिम टेनिस प्रतियोगिता (डब्लुजेटीसी गल्र्स टिम) फाइनल क्वालिफाइङ इभेन्टमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

मार्च १८ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सरावक लनटेनिस संघको आयोजनामा हुन लागेको टिम प्रतियोगितामा सहभागीले दुई सिंगल्स र एक डबल्स स्पर्धा खेल्नुपर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाउनुभएको छ ।

प्रशिक्षकमा कान्छा खड्गे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *