
देवघाट । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा गठित सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत भएका छन् । फागुन २५ गते सम्पन्न आश्रमको २९औँ साधारणसभा
(विशेष सभा) ले आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी आद्वेतानन्द गिरी, गैंडाकोट-८ नवलपुरका भोजराज पौडेल, काठमाडौंका एकारत्न आचार्य, नुवाकोटका महेन्द्र प्याकुरेल, चितवनका राजेन्द्रप्रसाद अर्याल, काठमाडौंका सुशीलकुमार पन्त, सुनिलपाणि गौतम, विष्णु पोखरेल, डा. वासुदेवकृष्ण शास्त्री, चितवनका प्राडा मनोहरलाल प्रधान, काठमाडौंका दिपक कुँवर र चितवनका रामहरि अर्याललाई सञ्चालक समिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
देवघाटघाम-५ तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रहृमचारी (गलेश्वर बाबा) ले गर्नुभएको हो । आश्रमअन्तर्गत १८५ वटा कुटी छन् भने ज्योतिर्लिंगेश्वर महादेव, सिद्धेश्वर महादेव, गंगामाता मन्दिर, संक्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिंग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन् । आश्रमअन्तर्गत वेदवेदांग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ । उक्त विद्यालय गलेश्वर बाबाले सन् २०२३ मा स्थापना गर्नुभएको हो ।
हाल आश्रमको पीठाधीशमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज हुनुहुन्छ । उहाँको पदाभिषेक २०५३ सालमा शंकराचार्य जयन्तीका दिन भएको थियो । आश्रमअन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिब सय कोठाको साधक भवन रहेको छ । वेद वेदांग विद्यालय भवनमा १५ कोठा रहेकामा हाल करिब १५ करोड लगानीमा बनेको वेद वेदांग संस्कृत विद्यापीठ भवन सम्पन्न हुने अवस्थामा पुगेको छ । ४३ कोठे भवनमा सन्ध्या हल र कार्यक्रम हल पनि रहेको छ । आश्रमअन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुर्ईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय र स्नानकक्ष छन् । तीर्थयात्रीका लागि निःशुल्क बास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ ।
आश्रमअन्तर्गत देवघाटवासीका लागि निःशुल्करूपमा देवघाट धर्मार्थ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको छ । आश्रमद्वारा सञ्चालित देवघाट एनआरएन वृद्धाश्रममा ८५ जना वृद्धवृद्धा सेवाग्राही हुनुहुन्छ ।
आश्रमको उद्देश्यअनुसार निःशुल्क भोजन, निःशुल्क संस्कृत शिक्षा, तीर्थवास र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै ‘अतिथि देवो भवः’ मूल मन्त्रका साथै पञ्चशालामार्फत् हरेक तीर्थयात्री र भक्तजनले सेवा लिन र दिन सक्ने व्यवस्था मिलाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच