काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिएर डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी फुटेको छ । पार्टी फुटाएर नेपाल समाजवादी पार्टीका नेता महिन्द्र यादवको समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको हो । यादव पक्षले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेको छ ।
शनिवार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गर्नुभएकाे छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सह-अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्याे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच