काठमाडौं । मानसराज बोहराको स्वरमा रहेको गीत ‘माया माया हो’ सार्वजनिक भएको छ । मानसराजकै शब्द, संगीत, स्वर, उदयराज पौडेलेको एरेञ्ज र नरेन्द वियोगीको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरूलाई नजिकबाट केलाएको छ । भिडियोमा गीता ढुंगानासँग गायक स्वयमले अनस्क्रिन रोमान्स गर्नुभएको छ ।
आफूले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्क शैलीमा भिडियोमा वर्णन गर्नुभएको छ । आफ्नी मायालुलाई प्रेम गर्नका लागि आफ्नो रूपसमेत परिवर्तन गरेर प्रेमीका सामु जाने युवकको रोमाञ्चक प्रेम कथामा मोडलद्वय गीता र मानसराज गज्जबसँग खुल्नुभएको छ । गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसराजले भन्नुभयो, ‘माया माया हो’मा मैले निकै मिहिनेत गरेको छु । गीतबाट निकै आशावादी छु ।
गीतको भिडियोलाई छायांकन पवन शिस्लुङले गर्नुभएको हो भने सम्पादन प्रविन भट्टले गर्नुभएको छ । सुरेन्द्र बसेलको सहनिर्देशन रहेको भिडियो मानसराजको अफिसियल युट्युबमार्फत बजारमा आएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच