बाबुराम पक्षको निर्णय– माओवादीसँगको एकतालाई मान्यता दिँदैनौँ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमतिलाई मान्यता नदिने निर्णय गरेको छ । महिन्द्रराय यादव समूहले पार्टी फुटाएपछि अध्यक्ष डा। बाबुराम भट्टराईले आइतबार केन्द्रीय कार्यकारिणीका नेताहरूसँग छलफल गर्दै यस्तो निर्णय गर्नुभएको हो । यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीति विपरीतको ठहर गरेको छ ।

डा. भट्टराईको अध्यक्षतामा बसेको समितिको बैठकले माओवादीसँग एकता गर्ने सहमति खारेज गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता शर्माले भन्नुभयो, ‘दुईतिहाइ केन्द्रीय सदस्यहरूको बैठकले माओवादीसँगको एकता गर्ने सहमति खारेज गरेको छ ।’

पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहितका नेता लागेकाले माओवादीसँगको एकताको विज्ञप्ति खारेज गरिएको र यससम्बन्धी सोमबारको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने शर्माले बताउनुभयो ।

यादवले एकता गरेको भनेर पार्टी पंक्तिलाई भ्रममा पारेको टिप्पणी गर्दै शर्माले भन्नुभयो, ‘केही साथी पार्टीबाट बहिर्गमित भएर माओवादीसँग एकता गरेको विज्ञप्ति पार्टीको निर्णयअनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । स्वतः खारेजभागी छ । पार्टी विधि, पद्धति, संगठनको अनुशासन तोडेर रातारात सत्ता समीकरणको खेलमा अमुक स्वार्थ पूरा गर्ने ध्येयले सिंगो पार्टी सदस्यलाई भ्रमित पारियो ।’

नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित दुवै पक्षका नेताहरूको बैठकले एकताका लागि चार बुँदे सहमति गरेको थियो । सहमति गर्दाको बैठकमा अध्यक्ष भट्टराई भने सहभागी हुनुहुन्नथ्यो ।

अध्यक्ष भट्टराईले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा २० जना केन्द्रीय सदस्य सहभागी थिए । नेसपाका केन्द्रीय कार्यकारिणी समितिमा अहिले ३० जना छन् । आइतबारको बैठकमा भने अर्का अध्यक्ष यादव पक्षका केन्द्रीय सदस्य सहभागी भएनन् ।

आइतबारको बैठकले सहमतिलाई खारेज गरेको छ भने थप निर्णय गर्न सोमबार बैठक बस्ने भएको छ । सोमबारको बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने शर्माले जानकारी दिनुभयो । बाबुरामसँग विभाजित भएर यादव पक्षका नेताहरूले माओवादीसँग एकताको लागि चार बुँदे सहमति गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?