काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने दुर्गा प्रसाईंका सहयोगी पक्राउ परेका छन् ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का हुन् । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।
सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको थियाे । आज मुद्दाको सुनुवाइका लागि प्रसाईँ सर्वोच्च पुगेका थिए । उनकाे साथमा खड्का पनि थिए ।
अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएकाे छ । उक्त विषयमा अनुसन्धान भइरहेको छ ।
मेडिकल ब्यावसायी रहेका प्रसाईं पछिल्लो समय अभियान्ताका नाउमा वित्तिय ठगीविरुद्ध भन्दै आन्दोलन गर्दै आएका छन् । उनले आफूसँग सुरक्षाका नाउँमा सुरक्षा दस्ता तथा गार्ड समेत रहेको बताउँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच