
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ ।
जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको स्रोतले बतायो ।
सोमबार जिल्ला अदालत काठमाडौंले म्याद दिँदा अस्पतालमा राख्न आदेश दिएको हो । महराको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा राख्न अनुमति दिइएको हो ।
महराले सरकारी वकिल कार्यालयमा बयानका क्रममा आफू अस्वस्थ्य रहेको बताएका थिए ।
अदालतको आदेशका कारण प्रहरीले आजै उनलाई अस्पताल भर्ना गर्ने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच