नवलपरासी । लुम्बिनीबाट सुरु भएको धम्म यात्रा पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आएर समापन भएको छ ।
नेपालसहित चीन, थाईल्यान्ड, कोरीया लगायतका देशबाट आएका एक हजार २ सय ५० जना श्रामणेर (अल्पकालिन भिक्षुहरु) को धम्म यात्रा गौतम बुद्धको अस्थीधातु रहेको स्थल रामग्राम स्तुप आएर समापन भएको छ । लुम्बिनी बाट भैरहवा, देवदह हुँदै परासी आएको भिक्षुहरुको टोलीले परासी देखि रामग्राम स्तुप सम्म ४ किलोमिटर पैदल यात्रा गरेका थिए ।
भिक्षुहरुलाई रामग्राम स्तुपमा स्थानीय तथा बाैद्धमार्गीहरुले पुष्पपुजन गरी स्वागत गरेका थिए । साथै भिक्षुहरु सहित स्थानीय तथा सरोकारवालाहरुले स्तुप क्षेत्रमा ध्यान गर्नुका साथै दीप-प्रज्वलन पनि गरेका थिए । रामग्राम आएका भिक्षुलाई रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादब लगाएतका जिल्लाका जनप्रतिनिधीले स्वागत गर्नु भएको थियो । बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल भएपनि रामग्राम स्तुप ओझेलमा परेको भन्दै रामग्राम नगर प्रमुख यादवले स्तुपको विकासको जिम्मेवारी स्थानिय तहलाई दिन माग गर्नुभयो ।
पडिण्तपुर लगायतका क्षेत्रको विकासमा सरकारले ध्यान नदिँदा ओझेलमा परेको बताउँदै उहाँले छुट्टै रामग्राम स्तुप विकास कोष बनाएर काम गर्न खोजेको बताउनुभयो । जसरी काम गर्छू भन्दा पनि पनि स्थानीय सरकारलाई काम गर्न अपनत्व नदिँदा समस्या भएको नगर प्रमुख यादवको भनाई छ ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासघंको आयोजनामा लुम्बिनी विकास कोष र रामग्राम नगरपालिका संगको सहकार्यमा धम्मयात्रा भएको थियो । अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्ने गर्दछन् । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच