चितवन । पहिराेका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।
मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल