काठमाडौं । नेपाल डेरी एसोसिएसन नुवाकोट जिल्ला समितिको पहिलो साधारणसभाबाट बालकृष्ण ढुंगाना (दिपक) को अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ ।
उपाध्यक्ष वासुदेव गजुरेल, अर्जुनप्रसाद भट्ट, सचिव विष्णु दाहाल र कोषाध्यक्ष नवराज थापा रहेका छन् भने समस्यमा सुजन अधिकारी, अर्जुन बजगाईं, रमेश तामाङ, क्षेत्रबहादुर तामाङ, रामप्रसाद खतिवडा र मानबहादुर बलामी रहेको एसोसिएसनले जनाएको छ ।
नुवाकोट काठमाडाैं दुग्ध व्यवसायी समिति संयोजक देवराज बजगाईंको सभापतित्व र राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीको उपस्थितिमा भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहृलाद दाहाल, एसोसिएसन उपाध्यक्ष दिपप्रसाद धमला, मनोजकुमार घिमिरे, सदस्य रविशरण थापा, नवराज तिमल्सिना, बागमती प्रदेश उपाध्यक्ष ध्रुव तिवारीलगायतको उपस्थिति रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच