गुल्मी । खानेपानी योजनाको दिगोपना हाँसिल गर्न निर्माण चरणमा नै ध्यान पुर्याउनको लागि खानेपानी आयोजनाका विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानी तथा सरसफाइ सम्बन्धी आवश्यक विषयवस्तुबारे अभिमुखिकरण गरिएको डिभिजन प्रमुख अनोज उपाध्यायले जानकारी दिनुभयो ।
खानेपानी र सरसफाई एक आपसमा पुरक हुन भन्ने उद्देश्यसहित गुल्मीका लिफ्टिङ प्रविधिमा आधारित र ग्राभेटीमा आधारित योजनाहरुका उपभोक्ता समितिका पदाधिकारीलाई सहभागी गराईएको थियो । उपभोक्ता समितिलाई जिम्मेवारी बनाउने सम्बन्धि भूमिका, खानेपानी आयोजनालाई दिगो राख्नका लागि गरिनुपर्ने कार्य, आयोजना सञ्चालन गर्दा आइपर्ने समस्या समाधान लगायतका विषयमा जानकारी गराइएको हो ।
त्यस अवसरमा उहाँले यस जिल्लामा हाल ९३ प्रतिशत नागरिकहरु आधारभूत खानेपानीको पहुँचमा रहेका छन् । सरकारको एक घर एक धारा अवधारणा अनुसार कार्यालयले विभिन्न योजनाहरु सञ्चालन गरेको भन्दै सघन खानेपानी आयोजना अन्तर्गत १०५ योजनाहरु सञ्चालनमा रहेको बताउनुभयो । उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी कार्यक्रम अन्तर्गत ३१ वटा आयोजना, उपभोक्ता समिति र ठेक्कापट्टाद्वारा १७१ वटा योजना सञ्चालनमा रहेको भन्दै कतिपय योजनामा खानेपानी व्यवस्थित रुपमा नभएको, एक घर एक धारा नभएका कारण पानीमा कठिनाई भएको समेत बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्वच्छ र शुद्ध खानेपानी पुर्याउनु पहिलो प्राथमिकता रहेको भन्दै सबैको चाहना सभ्य, आधुनिक र न्यायपूर्ण समाज बनाउनु रहेको बताउनुभयो । एकातर्फ एक घर एक धारा कार्यक्रम सञ्चालन गरिए पनि जिल्लामा सबै स्थानमा प्रभावकारी बन्न नसकिरहेको भन्दै समृद्धिको एक महत्वपूर्ण रुपमा खानेपानीको दिगोपना रहेको बताउनुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्य राम मल्ल ठकुरीले जिल्लामा विभिन्न खानेपानी उपभोक्ता समितिहरुले खानेपानीको व्यवस्थापन गरिरहेको बताउनुभयो । खानेपानीका योजनाहरुलाई समयमै सम्पन्न र गुणस्तरीय बनाउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघमा नयाँ नेतृत्व
त्यस्तै, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । पाँचौं जिल्ला अधिवेशनबाट खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ गुल्मीको अध्यक्षमा मार्कण्ड भण्डारी सर्वसम्मत निर्वाचित हुनुभयो ।
जसको उपाध्यक्षमा देवी कुँवर, सचिवमा बिन बहादुर गौतम, कोषाध्यक्षमा सुनिता भण्डारी, सहसचिवमा कमला परियार निर्वाचित हुनुभयो । सदस्यहरुमा लिलाकुमारी थापा, शारदा खनाल, डिल्लीराज पाण्डे, घनश्याम गौतम, टोपला थापा, दल बहादुर खासु, थानेश्वर पोखरेल, रमकला पोखरेल र गोविन्द गोपाल खाती सर्वसम्मत निर्वाचित हुनुभयो ।
नवनिर्वाचित अध्यक्ष मार्कण्ड भण्डारीले मुल देखि मुख सम्म स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने र उपभोक्तालाई सुलभ मुल्यमा पानी खुवाउने लक्ष्य रहेको भन्दै लक्ष्यअनुसार डिभिजन खानेपानी कार्यालय, स्थानीय तह, वातावरणीय संघ-संस्थासंग सहकार्यमा लागिपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच