
काठमाडाैं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् ।
नेताहरुले पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । पार्टीको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ ।
बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।
होली मनाए सँगै पार्टीको सचिवालय बैठक पनि शुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच