काठमाडौं । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेकाे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो ।
सुहाङ दिवंगत नेता सुवासचन्द्रका छोरा हुनु हो । उहाँ पेशाले अधिवक्ता हुनु हो ।
यस अघि पार्टीको २७औँ सचिवालय बैठकले सुहाङलाई पार्टीको कानुन विभागमा मनोनीत गरेको थियो ।
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचन हुँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच