दूरसञ्चार पूर्वाधारको क्षति रोक्ने सहमति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विगत केही समययता पूर्वाधारमा क्षति पुर्‍याउने कार्य निरन्तर जारी रहेको भन्दै नेपाल टेलिकमले चिन्ता प्रकट गरेको छ । पछिल्लोपटक रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकास्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्‍याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको पनि कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएका कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिनपहिले सोलार पावर सिस्टमको तारसमेत काटी क्षति पुर्‍याइएको थियो । सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल गरिएको थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जिएमलगायत दुवै पक्षबीचमा शुक्रबार भएको छलफलमा आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरूपयोग गर्ने कार्य नदोहो¥याउने सहमति भएको कम्पनीले जनाएको छ । त्यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिइएको कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?