काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको विषय राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गर्नुभएको छ ।
आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताउनु भएको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भएमा भने राजीनामा दिनुपर्ने बताउनु भयो। अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेपछि कांग्रेसले नै प्रधानमन्त्रीको अफर गरेको मान्छे गृहमन्त्रीका लागि अयोग्य हुन्छ भन्नु द्वैध भूमिका भएको उहाँले बताउनु भयो ।
‘विगतमा हामीले उठाएको र अहिले कांग्रेसले उठाइएको विषय फरक छ । सरकारले बनाएको छानबिन आयोगले दोषी देखाएका एक मन्त्रीको राजीनामा मागेका थियौं । अर्को मन्त्रीलाई बयानका लागि अख्तियारले बोलाइसकेपछि न्यूनतम नैतिकता नदेखाइ झण्डा हल्लाएर गएको विषय थियो’, ज्ञवालीले भन्नुभयो, ‘अहिलेका गृह मन्त्रीविरुद्ध त्यो लेबलको उजुरी मुद्दा दायर भएको छैन, नियामक निकायले बोलाएको छैन ।’
सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने समेत बताउनु भयो ।
सहकारी ठगीमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामाको माग गर्दै संसद अवरुद्ध समेत गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच