कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । आज कर्णाली प्रदेश सभाको बैठक बस्दैछ ।

प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?