मुटुरोग रोकथामका लागि ‘मुटु बचाउ अभियान’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । आधुनिक जीवनशैली र खानपानका कारण वर्षेनी मुटुरोगका विरामी बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेर ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको चेकजाँच गर्न सके मुटुरोगबाट हुन सक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालनका अगि मुटु बचाउ अभियान्ता सक्रिय छन् ।

सानै उमेरदेखि आफ्नो मुटु आँफैले बचाउन अभिभावक समेत सचेत हुनुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका अभियानकर्मीले बताएका छन् । जन्मजात वा अन्यकारणबाट मुटुमा समस्या देखिएको सानै उमेरमा पत्ता लगाउन सके मुटुलाई बचाउन सकिने भन्दै बालबालिकाको मुटु बचाउ अभियान अन्र्तगत देशभरका बालबालिकाको मुटु परिक्षण अभियान चलाइएको मुटुरोग विशेषज्ञ, स्वास्थ्यकर्मी र अभियानकर्मीहरुले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीलेले सानै उमेरमा मुटुको परिक्षण गर्दा आगमी दिनमा मुटुमा आउन सक्ने समस्याहरु घटेर जाने भन्दै ‘मुटु बचाउ’ अभियान बालबालिका केन्द्रित भइरहेको बताउनुभयो ।

उहाँले मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने बताउदै केही बालबालिकाको जन्मजात मुटुमा समस्या देखिने भन्दै पहिचान, मुटु रोग सम्बन्धी सचेतना जगाउन देशभर मुटु बचाउ अभियान थालिएको बताउनुभयो ।

“स्वास्थ्यमा समस्या आएपछि मात्रै मुटु परिक्षण गर्ने नेपालीको बानी छ त्यसकारण अन्तिम अवस्थामा मुटु बचाउन नसक्दा धेरैको ज्यान गएको छ, मुटुरोग चिकित्सकले मुटुको चाल सुनेरै मुटुको अवस्था बुझ्न सकिन्छ” डा. रेग्मीले भन्नुभयो “मुटुको धड्कन सुन्दासाथ मुटुको केही समस्या भए नभएको पत्ता लाग्छ संकास्पद विरामीलाई मात्रै मुटुको इको गरिन्छ, इकोमार्फत मुटुको अवस्था कस्तो छ भनेपछि बल्ल समस्या देखि उपचार तर्फ लागिन्छ, समयमै मुटुको समस्या पत्ता लगाउन सके उपचार सम्भव छ ।”

बालबालिकामा मुटुमा समस्या देखिदा बयस्क हुँदा सम्म मुटु बिग्रने र ह्दयघात जस्ता रोगहरु देखिनेभएकाले पूर्व सचेतनाका लागि बालबालिका केन्द्रित गरेर शिविर मार्फत मुटु परिक्षण गर्ने अभियान थालिएको रेग्मीको भनाई छ । नेपालका ४० जिल्लामा जिल्लामा उक्त अभियान पुगिसकेको बताउदै हाल सम्म २ लाख बालबालिकाको मुटु परिक्षण गरिसकेको रेग्मीको भनाई छ ।

बालबालिकाको मुटुमा प्वाल पर्ने समस्या धेरै हुँने र त्यही बारणले वर्षेनी तीन हजार बालबालिका मुटुको समस्याबाट मृत्यु हुने तथ्याङ्क रहेको बताउदै उहाँले समयमै मुटुरोग पत्ता लगाउन बाल मुटु बचाउ अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उक्त अभियान अन्र्तगत बागलुङको कालिका कन्या मन्दिर माध्यामिक विद्यालयका ३१० बालबालिकाको मुटु परिक्षण गरिएको हो ।

बालबालिकाले जंगफुट नखाने, बयस्कले चुरोट, रक्सी नखाने र मधुमेह तथा कोलेस्टेरोल बढ्न नदिए मुटु जोगाउन सकिने चिकित्सकको सुझाव छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पहल तथा बागलुङ शाखाको आयोजनामा निःशुल्क मुटु परीक्षण शिविरमा चिकित्सकहरुले बालबालिका र वयस्कलाई पनि खानपान र बानीव्यवहार परिवर्तनका लागि सुझाव दिएका थिए । चिकित्सकहरुले बालबालिकामै मुटुको रोग पत्ता लगाउन सके अधिकांश रोगको निदान गर्न सकिने भन्दै बालबालिकालाई मुटु परिक्षण गराउन सुझाव दिएका थिए ।

बागलुङको कालिका कन्या मन्दिरमा आयोजित शिविरमा ३ सय १० जना बालबालिकाको मुटु परीक्षण भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागलुङ शाखाका अध्यक्ष जगदिश चन्द्र उपाध्यायले बताउनुभयो ।

शिविरका लागि रोटरी क्लब अफ पाटनले समेत सहयोग गरेको थियो । परीक्षण गरेका अधिकांसको मुटु स्वस्थ्य भेटिएको बरिष्ठ मुटुरोग बिशेषज्ञ तथा नेपाल हृदयरोग प्रतिष्ठान केन्द्रीय समितिका पूर्व सभापति मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले बताउदै बाल मुटु बचाउ अभियान देशभरका सञ्चालन भइरहेको छ ।

रेग्मी नेतृत्वमा मुटरोग बिशेषज्ञहरु डा. प्रेमराज बैद्य र डा. उर्मिला शाक्यसहित २० स्वास्थ्यकर्मी सहभागि बागलुङमा आएका थिए । परीक्षण गरेका बालबालिकामध्ये १० जनालाई थप उपचार गर्नका लागि सुझाइएको छ । शिविरमा मुटुको इको सहितका सेवासमेत दिइएको थियो । बालबालिकामा जन्मजात र खानपान लगायतले मुटु सम्बन्धी रोग लाग्ने बताउदै जन्मजात समस्या भएकालाई उपचारबाट निको बनाउन सकिने मुटरोग बिशेषज्ञहरु डा. प्रेमराज बैद्यले जानकारी दिनुभयो ।

खानपान वा टन्सिल पाकीरहने अवस्था भएका बालबालिकामा पनि मुटुरोग हुन सक्ने भन्दै टन्सिलको तुरुन्तै उपचार गराउन आवश्यक रहेको चिकित्सकको भनाई छ । अहिलेसम्म मुटु प्रत्यारोपण नहुने भएकोले जोगाउने उपाय नै महत्वपूर्ण भएको शिविरमा सहभागि डा. उर्मिला शाक्यले बताउनुभयो । “पछिल्लो समय बालबालिकामा मोटोपन बढ्नु, जंगफुड खानु र स्वास्थ्यबारे चासो नराख्नुले मुटुमा समस्या आउने गरको छ हामीले प्रारम्भिक परीक्षणमा मुटुको चाल बुझेपछि समस्या भएको पत्ता लगाउन सकिन्छ” शाक्यले भन्नुभयो “समस्या बुझेपछि त्यसपछि मुटुको इको लगायतका डायलायसिस पद्दती गरेर उपचार गर्ने गरिन्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?