पाल्पा। पाल्पाका कतिपय स्थानमा ऐतिहासिक परम्परा अनुसार फागु पर्व मनाउन थालिएको छ । पाल्पाको ऐतिहासिक स्थल माडीको लालपाटी, चिदीपानी, रिब्दीकोटको भैरवस्थान, ख्याहा, देउराली, रैनादेवी छहराको सोमादी सर्देवामा मौलिक फागु पर्व मनाउने गरिन्छ ।
परम्परादेखि स्थानीय भेला भएर बगनासकाली–२ को लालपाटीमा रङ लगाएर रमाइलो गर्ने प्रचलन छ । यो वर्षदेखि स्थानीय बासिन्दाको पहलमा सांस्कृतिक कार्यक्रमसहित आपसी सद्भाव साटासाट गरिने स्थानीयवासी दीपेन्द्र ढकालले बताउनु भयो । लालपाटीमा होलीको दिन विभिन्न क्षेत्रका आफन्त तथा साथीभाइ भेट भएर रमाइलो गर्ने, व्यापार गर्ने तथा रङ लगाउने प्रचलन कायम रहेको छ ।
माथागढी गाउँपालिकाको चिदीपानीमा परम्परागत मौलिक फागु नाच टोलटोलमा देखाइएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनु भयो । चिदीपानीमा परम्परादेखि प्रचलनमा रहेको फागु नाच नाचेर होलीलाई रमाइलो पारिएको छ । फागु पर्वको मौलिकतामा ह्रास आएको र चाडपर्वमा आयातित संस्कृति हाबी हुँदै गएको भन्दै मौलिक संस्कृति जगेर्ना गर्न फागुविशेष कार्यक्रमको आयोजना गरेका हुन् ।
फागुको मौलिक गीत र प्रचलनबारे जानकारी दिन युवा पुस्ता जुटेका छन् । पाल्पाकै तानसेन नगरपालिकाको अर्चले, नारायणडाँडा, चण्डीभन्ज्याङ लगायतका स्थानमा पनि टेम्को, ढोलक, खैजडी, मजुरा लगायत बजाएर फागु नाचिएको छ । पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पुर्णिमाको चार पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ । तर पछिल्लो समयमा कतिपयस्थानमा खेल्नै छाडेका छन् ।
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच