भरतपुर । चितवनमा जारी इण्डो-नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर गु्रप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको पहिलो खेलमा लखनउले बागमती प्रदेशलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्यो । यो लखनउको लगातार दोस्रो जित हो । दोस्रो खेलमा तालतला इन्स्टिटाइट कोलकाताले मधेश प्रदेशलाई तीन विकेटले पराजित गर्यो ।
जितसँगै लखनउ दुई खेलमा दुई जितपछि चार अंक बटुल्दै प्रतियोगिताको शीर्षस्थानमा छ भने एक खेलमा एक जितका साथ दुई अंकका साथ सुदूरपश्चिम दोस्रो, समान दुई अंक रहेको कोलकाता तेस्रो र दुई खेलमा एक जित र एक हारसहित दुई अंकका साथ भरतपुर मेयर्स चौथो स्थानमा छ ।
लगातार दुई हार बेहोरेको मधेश प्रदेश र बागमती प्रदेश क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच