काठमाडौं । अभिनेता अभयराज बरालको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘अर्ध पागल’को फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पात्रहरूको मनोभाव दर्शाइएको छ । दुईजना मिल्ने साथी काठमाडौंदेखि लमजुङ (घले गाउँ)सम्मको यात्रामा निस्कने क्रममा उनीहरूबीच आ-आफ्नो प्रेमिकालाई लिएर उत्पन्न मानसिक तथा शारीरिक द्वन्द्वमा चलचित्र आधारित रहेको जनाइएको छ ।
यसमा निर्देशक बराल र प्रकाश भुजेल मुख्य भूमिकामा हुनुहुन्छ भने ममता लामिछाने, अञ्जु अधिकारी, संगीता खालिङ राई, संगीता राई, हिना कोइराला, सोविता अधिकारी, दिक्षा ढकाललगायतको अभिनय छ । समर्पण रेग्मीको छायांकन रहेको चलचित्रमा कृष्ण भण्डारीले सम्पादन छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएका अभयले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्नुभएको हो ।
चलचित्रलाई व्यावसायिक रुपमा हलमा प्रदर्शनभन्दा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेष्टिभलमा सहभागी गराउने उद्देश्य रहेको निर्देशक बरालले बताउनुभयो । उहाँ अभिनित पछिल्लो चलचित्र ‘जिग्री’ यही चैत ३ गते प्रदर्शनमा आएको थियो । उहाँले नाटकसँगै ‘झिँगेदाउ’, ‘सेल्फी किंग’, ‘गाँठो’, ‘अमेरिका ब्वाइज’, ‘कुम्भ करण’, ‘होष्टेल रिर्टन्स’लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच