काठमाडौं । चलचित्र ‘महाजात्रा’ले आक्रकमक व्यापार गरेको छ । फागु पूर्णिमा (होली)को छेको पारेर शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रको व्यापार देखिएको हो । निर्माण टिम षट्कोण आर्ट्सले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले पहिलो दिन शुक्रबार एक करोड २३ लाख र दोस्रो दिन शनिबार एक करोड ८६ लाखसहित दुई दिनमा तीन करोड ६ लाख कमाएको छ । दुई दिन चलचित्रलाई उपलब्ध शोजमा दर्शक अकुपेन्सी शतप्रतिशत थियो । ‘माउथ पब्लिसिटी’ बलियो भएकाले आगामी दिनमा पनि चलचित्रको व्यापार स्थिर रहने देखिन्छ ।
आइतबार काठमाडौंका प्रायः मल्टिप्लेक्सले होलीका कारण दिउँसो १ बजेपछिको शोज उपलब्ध गराएका छन् । जसले गर्दा तेस्रो दिनको व्यापार केही कम हुनसक्छ । यद्यपि, प्राप्त शोजमा बुकिङ उत्साहजनक छ । ‘डोर सेल’ पनि त्यही अनुमातमा भएको खण्डमा चलचित्रले एक करोड हाराहारी कमाउन सक्नेछ । काठमाडौंसँगै मोफसलका ठूला शहरहरूमा पनि चलचित्रको व्यापार बलियो छ ।
चलचित्रको व्यापारिक ट्रेन्ड हेर्दा पहिलो हप्तामा पाँच करोडको आँकडा नाघ्न सक्ने सम्भावना प्रवल छ । र, लाइफटाइम कलेक्सन १० करोड नाघ्न सक्नेछ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेललगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच