
काठमाडौं । फागु पूर्णिमा अथात् ओली आइतबार हिमाली तथा पहाडी जिल्लामा मनाइयो । आज तराई क्षेत्रमा मनाइँदै छ । होली मा रंगको विशेष महत्व हुन्छ ।
यस दिन रंगहरूसँग खेल्न सबैलाई मन पर्छ । धेरैले ठोस रङ र कोही पिच्कारीले होली खेल्ने हुँदा लुगामा रङ लाग्नु स्वभाविक हो । महिलाहरूले यसलाई सफा गर्न नयाँ डिटर्जेन्ट प्रयोग गर्छन् तर पनि लुगाबाट रङ्ग निस्कदैन ।
यदि तपाई पनि आफ्नो कपडाको रङ सजिलै हटाउन चाहनुहुन्छ भने आज हामी तपाईँलाई केही घरेलु उपायहरूको बारेमा बताउँनेछौँ ।
यी उपाय लगाउनुहोस्
होलीको रमाइलोमा कहिलेकाहीँ कपडाको रङ सफा गर्न गाह्रो हुन्छ । तर केही टिप्स अपनाएर यसलाई सजिलै सफा गर्न सकिन्छ ।
सबैभन्दा पहिले, तपाईले रंगीन कपडालाई स्याम्पुको पानीमा भिजाउनु पर्छ त्यसपछि त्यसमा अलिकति कागतीको रस मिसाएर बिस्तारै चलाउनुहोस् र धुनुहोस्।
फोहोर कपडामा सेतो भिनेगर स्प्रे गर्नुहोस् र १० देखि १५ मिनेटसम्म राख्नुहोस्। केही पानी लिनुहोस्, त्यसमा अलिकति बेकिंग सोडा र भिनेगर हाल्नुहोस्, त्यसपछि फोहोर कपडालाई ३० देखि ४० मिनेटसम्म यस पानीमा भिजाउनुहोस् र त्यसपछि धुनुहोस् ।
कपडालाई राम्ररी धुनुहोस् र सुकाउनुहोस् र त्यसपछि यसलाई इस्त्री (आइरन) गर्नुहोस्। यसो गर्दा दाग हराउन सकिन्छ । यी सबै बाहेक, तपाईं लेमन क्लिनर र वाशिंग सोडा पनि प्रयोग गर्न सक्नुहुन्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच