आतंकवादी पक्राउ नपरेसम्म आक्रमण जारी रहन्छ : इजरायल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल-शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनुभएको छ । अन्तिम आतंकवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताउनुभएको छ ।

उहाँले आतंकवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने बताउनु भयो । फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्याङ्कनको क्रममा यो टिप्पणी गर्नुभएको थियो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै ७ सय बढी पक्राउ गरिएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?