
काठमाडौं । साताको पहिलो कारोबार दिन नै सेयर बजार १७.०१ अंकले घटेर २०३१.५५ अंकमा झरेको छ । सोमबार दुई सय २६ कम्पनीको सेयर मूल्य घटेको छ भने आठ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २८ करोड ९० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्ट १३ करोड ७८ लाख ७६ हजार, सोनापुर मिनरल्स एण्ड आयल आठ करोड १३ लाख २३ हजार, हिमालयन रि इन्स्योरेन्स छ करोड २९ लाख र घोराही सिमेन्टको पाँच करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट ९.९९, तारागाउँ रिजेन्सी ८.०४ र सिवाइसी नेपाल लघुवित्तको ७.४२ प्रतिशतले सेयर मूल्य बढेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी १० प्रतिशतले सेयर मूल्य घटेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९९, आत्मनिर्भर लघुवित्त ८.८२, गुराँस लघुवित्त ७.०१ र युनिक नेपाल लघुवित्तको सेयर मूल्य ६.२५ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच