काठमाडौँ। आयरल्याण्ड ‘ए’विरुद्ध १४ ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएको छ। नेपालका लागि विष्फोटक ब्याटिङ गरेका गुल्शन झा पनि आउट भए । उनी ४ रनले अर्थशतक बनाउन चुके । गुल्शनले ३२ बल खेल्दै एक चौका र ४ छक्काको मद्दतमा ४६ रनमा क्याच आउट भए ।
जारी खेलमा नेपाल १५ ओभरमा ४ विकेटको क्षतिमा १३८ रनमा खेलिरहेको छ । अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल खेलिरहेका छन् । रोहित ३३ रनमा खेलिरहेका छन् भने मल्लले पनि ९ रन बनाइसकेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको थियो।
नेपालका ओपनर आसिफ शेख ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रनमा आउट भए।
उनी म्याथ्यु फोस्टरको बलमा स्टेफन डोहेनीबाट क्याच आउट भएका हुन्।
पाँचौँ ओभरको तेस्रो बलमा कुशल भुर्तेल पनि फोस्टरको बलमा स्टेफनबाट क्याच आउट भए।
कुशलले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच