
शास्त्रमा ब्रहृम र आत्मा
श्रीमद्भागवत, बृहदारण्यकोपनिषत्, श्रीमद्भगवतगीता, षड्दर्शनका आत्मतत्वसम्बन्धी चिन्तनका अतिरिक्त आदि आचार्य शंकरको ‘विवेक-चूडामणि’ जस्ता पुस्तकलाई टटोलेर हेर्दा आत्माका सम्बन्धमा जन्मादस्य यतः अर्थात् यो दृश्यमान जगत्को उत्पत्ति, स्थिति र प्रलय जसबाट हुन्छ अर्को शब्दमा भन्दा जो जगत्को उत्पत्ति, पालन र संहारको कारणस्वरूप छ भनेर भागवतले बताएको भेटिँदोरहेछ । यसरी जगत्को कारण मानिएको त्यो तत्व ब्रहृम हो । आत्मतत्व पनि त्यही हो । वेदान्त दर्शनले सुरुमा नै भनेको रहेछ अथातो ब्रहृमजिज्ञासा अब ब्रहृम विषयमा विचार आरम्भ गरिन्छ ।
‘यतो वा इमानि भूतानि...तद्विजिज्ञासस्व । तद्ब्रहृम ।
अर्थात् जसबाट यी सारा दृश्यादृश्य भौतिक कुरा उत्पन्न भएर बाँच्छन् र मरेर पनि जसमा लीन हुन्छन् त्यसका सम्बन्धमा जान्ने चेष्टा गर त्यो सत्य नै ब्रहृम हो । तैत्तरीय ब्राहृमणको (१,१,३) मा शास्त्रयोनित्वात् भनेर ब्रहृमलाई शास्त्र प्रमाण मानेको देखिन्छ अब यो शास्त्र प्रमाण भनेको के हो ? ब्रहृम इन्द्रिय ग्राहृय छैन । यो प्रत्ययको विषय पनि होइन र अनुमानले पनि त्यसको झल्को मात्रै प्रदान गर्नसक्छ तर शास्त्रले भने त्यसको दिव्यस्वरूप दर्शाउन सक्छ भनेर वेदज्ञले व्याख्या गर्दारहेछन् । त्यसो भएको हुनाले त्यसै ब्राहृमणको (३,१२) मा येन सूर्यस्तपति तेजसेद्धः । नावेदविन्मनुते तं बृहन्तम् अर्थात् जुन तेजबाट प्रदीप्त भएर सूर्य तप्छ त्यो महान् प्रभुलाई त्यसले मात्रै जान्दैन जसले वेद जानेको छैन भनेर वेद र ब्रहृमको एक साथ महिमोद्गान गरिएको भेटिन्छ ।
पुराणदिले जसरी दूधमा घ्यू व्याप्त हुन्छ तर विशेष प्रक्रियाबाट साधना नगरी त्यस दूधबाट घ्यू निकाल्न सकिँदैन त्यसैगरी प्रत्येक जीवको आत्माका रूपमा रहेको त्यो ब्रहृम पनि दीर्घकालीन साधना, योग, स्मरण र तन्मय नवनीकन पाइने तत्व होइन भनेको छ ।
फेरि कठोपनिषल्ले बडो स्पष्ट शब्दमा तत्तु समन्वयात् भनेरसारा शास्त्र एउटा खास तात्पर्यका लागि ब्रहृमप्रतिपादनमा अभिकेन्द्रित भएका मानेको देखिन्छ । अझै अगाडि बढेर कठोपनिषल्ले सर्वे वेदा यत्पदमामनन्ति चारै वेद जसको पछि लाग्छन् त्यो नै ब्रहृम हो आत्म हो र त्यो एकमात्रै छ । अनेक पनि हुनसक्छ भनेर (कठ, १, २, १५) मा उद्घोष गर्नपुगेको देखिन्छ । वेदान्त दर्शनले ब्रहृमलाई दुई प्रकारले व्याख्या गरेको देखिन्छ । एउटा ब्रहृमका शुद्धस्वरूपको वर्णन जो सर्वतत्वैर्विशुद्धम् छ भनेर श्वेताश्वेतरोपनिषत् (२।१५) मा स्पष्ट उद्घोष गरिएको भेटिँदोरहेछ ।
यसको स्वरूपमात्र हुने भएकाले यसलाई शुद्ध मानिन्छ । प्रकृतिसँगका सम्बन्धले ब्रहृमको जुन शबल (छितरिएको, कमजोर) रूप र अर्को चाहिँ सगुणस्वरूप । यसरी यो संगेतका अनुसार ब्रहृमलाई तलका तीन अवस्था या स्वरूपमा बुझ्न सकिँदोरहेछ । अर्थात् ब्रहृम दृष्टि अनुसारको पनि हुने रहेछ । भागतले कंसको धनुर्यज्ञमा पुगेका कृष्णबलरामलाई राक्षसले महाकालस्वरूप, वृद्धवृद्धाले बालक, भक्तले ब्रहृमाण्डनायक परात्परब्रहृमका रूपमा देखे भनेर वेदव्यासले लेखेका रहेछन् । हो, त्यही कुरो यहाँ पनि छ :
(क) विराट् (चेतन तत्व+स्थूलजगत्)
(ख) हिरण्यगर्भ (चेतनतत्व+सूक्ष्मजगत्)
(ग) ईश्वर (चेतनतत्व+कारणजगत्)
वस्तुतः सबलस्वरूपलाई भिन्न-भिन्न रूपमा निदर्शन भनेको नै ब्रहृम या आत्माको व्यष्टिस्वरूपको दर्शन हो भन्ने कुरालाई वेदान्तमा अनेकौं प्रकारले बताइएको रहेछ । यसको समग्र व्याख्याका लागि अनेकौं उपनिषत्मा छरिएर रहेका मन्त्रको अवगाहन गर्नुपर्ने रहेछ । पातन्जल योगदर्शनको समाधि पादको सूत्र २८ ले ब्रहृम र आत्म निरूपण गरेको रहेछ । विवृतावस्थामा अनेक रूप र संवृतावस्थामा प्रणव ब्रहृम नै आत्मतत्व हो भन्ने प्रतिपादन पतञ्जलिले गरेका रहेछन् । वेदोपनिषत्मा जहाँजहाँ इन्द्र, वैश्वानर, अग्नि, सविता, प्राण एवं आकाश आदिको उपासना विधिको कुरो गरिएको भेटिन्छ त्यो वर्णन ती दिव्यशक्तिको नभएर शबल ब्रहृम अर्थात् छितरिएको व्यष्टि तत्वको उपासना हो भनेर बुझ्नु आवश्यक छ ।
मीमांसा दुई प्रकारका छन्-पूर्व मीमांसा र उत्तर मीमांसा । पूर्वमीमांसाले सगुण ब्रहृमको यज्ञका माध्यमले उपासना गर्ने कुरो गरिएको भेटिन्छ । यो पनि कैवल्योपलब्धिको एउटा साधन मानिन्छ । वेदान्तले चाहिँ कतै तत्वमसिअन्योपदेश, अहंगारादेश अहंब्रहृमास्मि अनि कतै आत्मादेश अयमात्मा ब्रहृम भनेर पनि भनिएको भेटिन्छ । यिनै वाक्यका कारणले अद्वैत, द्वैत र द्वैताद्वैतवादको जन्म भएको देखिन्छ । अद्वैतवादीले यी वाक्यलाई महावाक्य मान्छन् र यसमा कतै पनि द्वैधीभावको दर्शन छैन भन्छन् र व्याख्या गर्दा पनि शरीरमा भासमान आत्माको शुद्धचैतन्यस्वरूपलाई नै परमात्माको शुद्धचैतन्यस्वरूपसँग तादात्म्य गरेर त्वं असि, अहमस्मि, अयमात्मा, तत् ब्रहृम एवं पर ब्रहृम भनेर व्याख्या गर्दछन् ।
पुराणदिले त जसरी दूधमा घ्यू व्याप्त हुन्छ तर विशेष प्रक्रियाबाट साधना नगरी त्यस दूधबाट घ्यू निकाल्न सकिँदैन त्यसैगरी प्रत्येक जीवको आत्माका रूपमा रहेको त्यो ब्रहृम पनि दीर्घकालीन साधना, योग, स्मरण र तन्मय नबनीकन पाइने तत्व होइन भनेको छ । जसरी कुनै वृक्षका फलमा बीज रहेको हुन्छ । त्यो बीज दानाबाट साक्षात्कृत हुनुभन्दा पहिले वृक्षका काण्ड र पातपातका साथै सानाहँगाबिँगामा पनि व्याप्त रहेको हुन्छ भन्ने मानिन्छ । ठीक यसैगरी यस ब्रहृमाण्डका (सबैतिर) ब्रहृमव्याप्त हुन्छ भन्ने पनि बीजवृक्ष न्यायबाटै सिद्ध गर्न खोजेको पनि देखिन्छ । दूग्धसर्पि, बीजवृक्षन्यायमात्र होइन आकाशव्याप्य न्यायका आधारमा ब्रहृम र आत्म एकै हुन् भन्ने सिद्ध गर्न खोजिएको छ ।
श्रीमद्भगवद्गीताले त वासांसिजिर्णानियथाविहाय... र य एनं वेत्ति हन्तारं...अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम...,नैनं छिन्दन्ति शस्त्राणि..., अच्छेद्योद्रयमदाहृयोद्रयमक्लेद्योद्रशोष्य एव च, नित्य सर्वगतः स्थाणुरचलोद्रयं सनातनः जस्ता शब्दका माध्यमले आत्म तत्वलाई मारेको, मारिने र मार्ने ठान्नेहरू बुझिनसक्नाका मूर्ख छन् किनभने यो न मर्छ, न मारिन्छ । यस (आत्मा)लाई आगाले डढाउन सक्दैन, पानीले भिजाउन सक्दैन, हावाले सुकाउन सक्दैन यो स्थाणु, अचल र सनातन छ । त्यतिमात्रै होइन यो त मुखले व्यक्त गर्न नसकिनेछ, मनले चिन्तन गर्न पनि नसकिने नै छ, यो अविकारी पनि छ भन्ने कुरो बुझेर शोक नगर भनेर कृष्णले अर्जुनलाई बताएका छन् गीताको दोस्रा अध्याका उपर्युक्त कतिपय श्लोकमा । दृश्यमान कुरा त सुरुमा पनि देखिँदैनथे, बीचमा देखिएपछि फेरि देखिँदैनन् ।
अव्यक्तादीनि भूतानि व्यक्त मध्यानि भारत,
अव्यक्तलानिधनान्येव तत्रका परिदेवना ।।
यी सारा भौतिक वस्तु पहिला पनि थिएनन् । थिए भने पनि हामीलाई थाहा छैन काहाँ ंथिए ? के थिए ? कस्ता थिए ? बीचमा देखापरे आज तिमी छौ, म छु, भारत छ, कौरव छन्, पाण्डव छन्, तर हिजो यी केही थिएनन् । भोलि पनि तिम्रा बाणले छिन्नभिन्न भएपछि रहने छैनन् भन्दै अर्जुनलाई उल्लीबिल्ली पारेर गाण्डीव समात्न बाध्य बनाइदिएका छन् । वास्तवमा सांसारिक मोहव्यालले समातिएकालाई एकमात्र मुक्तिमार्ग भनेको नै त्याग, मुमुक्षा, कैवल्यको चाहना हो भनेर भक्ति मार्गीले भनेको पनि ठीकै देखिन्छ किनभने बाटा त जम्माजम्मी दुईवटै छन् । प्रवृत्ति र निवृत्ति ।
जसले यो अखिल विश्व व्याप्त गरेको हुन्छ तर यसलाई कसैले पनि व्याप्त गराउन सक्दैन । जसका आभासले यो अखिल ब्रहृमाण्ड उद्भासित हुन्छ तर उसलाई कसैले उद्भासित् गराउन सक्दैन । जसका सन्निधिमात्रैबाट पनि शरीर, इन्द्रिय, मन तथा बुद्धि अभिप्रेरित भएझैं गरी आ-आफ्ना कर्ममा स्वतः लाग्छन् ।
प्रवृत्तिमार्गले अर्काकी स्वास्नी, घर, धन दौलत र छोराछोरी पनि भन्दारहेनछ सबै गुमुक्र्याउँदारहेछ । हामीले यसलोकमा देख्यौं । सुन र शक्ति या सत्ताले पनि पुग्दोरहेनछ र त अनेकवली गरेर पनि जुको टाँसिए झैँ मान्छे शक्तिमा टाँसिइरहन खोज्दोरहेछ । जंगली होस् कि मंगली ‘सर्वे गुणाःकान्चनमाश्रयन्ति’ जिस का लाठी भैंस वहीले जाएगा । भनेर मान्छेले विवेक र मानवता नै त्याग्दोरहेछ । पुराण हेरौं कि मोहनी रूपका पछाडि कुद्ने महादेवलाई अथवा विश्वमोहिनी नामकी परम सुन्दरी भोगका तृष्णले वानरको रूपमा लठ्ठिएका नारदलाई हेरौं, परम सुन्दरी वृन्दाको शरीरलाई अँगालामा कस्न आतुर भएको विष्णुलाई हेरौं प्रवृत्तिमार्गका मानक यिनै होइनन् ? एक हजार छ सय आठवटीसँग रमण गर्ने कृष्णले बरू योगमय भोग गरेको देखिन्छ ।
त्यत्तिका पत्नी बटुल्दा पनि उनले एउटीमात्रै पनि करमा पारेर या मलाई मन परिस् भनेर बल, धाक, रवाफ प्रयोग गरेको देखिँदैन । यिनका नजरमा मोहनदास कर्मचन्द गान्धी र बुद्ध दुवै कायर हुन् सुरा सुन्दरी भोग्नका डरले भाग्ने पनि मान्छे हुन् ? त्याग र भोग दुवैलाई एक सिक्काका दुई पाटा झैं गर्न सक्ने मात्रै ब्रहृमवेत्ता मानिँदोरहेछ । अहिलेका नेपालका तीन दलका आफूलाई ब्रहृमा, विष्णु र महेश्वर ठान्ने बज्रठिंगा जस्ता नेता नै असल देखिने मार्ग भनेको नै भोग मार्ग हो । निवृत्ति मार्ग व्रतनियममय पनि हुने र तितीक्षाले भरिएको हुने भएको हुनाले कष्टकर पनि छ ।
आत्माको स्वरूप
शरीर, इन्द्रिय, मन, प्राण, अहंगार आदि भएभरका विकार अनि सुखदुःखादि सारा विषय र आकाश आदि महाभूतलगायत अव्यक्त आदि समग्र विश्व नै आत्मा हो :-
देहेन्द्रियप्राणमनोद्रहमादयः सर्वे विकारा विषयाः सुखादयः
व्योमादिभूतान्यखिलं च विश्वमव्यक्तपर्यन्तमिदं हृयनात्मा ।।१२४।।
यसपछि आदि आचार्य शंकर आफ्नो रचना ‘विवेक चूडामणि’ मा अब म तिमीलाई त्यस्तो तत्व बताउँछु जसलाई जानेपछि मान्छे बन्धनमुक्त भएर कैवल्यानुभव गर्न पुग्छ भन्दै म हुँ भन्ने विश्वासको आधारस्वरूपमा रहने कुनै नित्य पदार्थ छ त्यो तिनै अवस्था (जाग्रत, स्वप्न, सुषुप्ति) को साक्षी भएर पनि पञ्चकोशातीत (अन्नमयकोश, ज्ञानमयकोश, मृण्मयकोश, विज्ञानमयकोश, आनन्दमयकोश) भन्दा पनि पृथक बनेर रहेको हुन्छ । त्यसले जाग्रत्, स्वप्न, सुषुप्ति तिनै अवस्थामा पनि बुध्यादिवृत्ति हुनु र नहुनुलाई समान ठानेर रहेको हुन्छ । यसले आफू चाहिँ सारा कुरा देख्छ तर यसलाई कसैले देख्न सक्दैन र जसले बुध्यादिलाई पनि प्रकाशित गर्दछ तर यसलाई कसैले प्रकाशित गराउन सक्दैन ।
त्यतिमात्र होइन । जसले यो अखिल विश्व व्याप्त गरेको हुन्छ तर यसलाई कसैले व्याप्त गराउन सक्दैन । जसका आभासले यो अखिल ब्रहृमाण्ड उद्भासित हुन्छ तर उसलाई कसैले उद्भासित् गराउँन सक्दैन । जसका सन्निधिमात्रैबाट पनि शरीर, इन्द्रिय, मन तथा बुद्धि अभिप्रेरित भएझैं गरी आआफ्ना कर्ममा स्वतः लाग्छन् । अहंकारदेखि लिएर देहपर्यन्त र सुखादि सारा विषय जुन नित्य ज्ञानस्वरूपका कारणले घटसदृश जान्न सकिन्छ हो त्यो नै आत्मा हो भनेर बुद्धिमान साधक यदाकदा आत्नुभव गर्दछन् । यो सूक्ष्मभन्दा सूक्ष्म र व्यापकभन्दा पनि व्यापक विषय हो अतः ज्ञानी ध्यानीले सहस्रौं जुनी यसका चिन्तनमा लगाउँदा पनि आत्मानुभास मात्र हुन्छ वाणीका उपकरणको विषय बन्न सक्दैन । यो अचिन्त्य, अनन्त, अव्यय, विभुप्रभु पनि हो र शाश्वत् पनि छ ।
न जायते नोम्रियते न वर्धते न क्षीयते नो विकरोतिनित्यः ।
विलीयमानेद्रपि वपुष्यमुष्मिन् न लीयते कुम्भ इवाम्बरं स्वयम् ।।
यो आत्मा (ब्रहृम) न जन्मन्छ न त मर्छ नै, यो न बढ्छ न त घट्छ न त यसमा विकृति नै आउँछ । यो नित्य छ, यो शरीर समाप्त भएपछि पनि जसरी घैंटो फुटेपछि घैंटामा भासित आकाश लीन नभएजस्तै यो पनि कतै लीन हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच