
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ।
मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा राजदूत श्रीवास्तवले गृहमन्त्री लामिछानेसँग भेट गर्नुभएको हो ।
उहाँहरुबीचको भेटमा दुई देशबीचको ऐतिहासिक तथा भौगोलिक सम्बन्धका विविध आयामबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
भेटघाटमा दुवै देशबीच रहेको खुला सीमाबीच सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुबै पक्ष सहमत रहेको बताइएको छ ।
भेटमा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो।
साथै भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्टिकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूत श्रीवास्तवको भनाइ रहेको थियो ।
दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय र पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदान उपयोगका लागि प्रक्रियागत सहजीकरण गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाउनु भएको थियो ।
तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्ने गृहमन्त्री लामिछानेले कुरा राख्नुभएको थियो ।
राजदूत श्रीवास्तवलले सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको बताउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच