काठमाडौं । करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्स प्रालिले सिजी फुड्स (नेपाल) प्रालिले करेन्ट चाउचाउविरुद्ध नकारात्मक भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ । यशोदाका अनुसार सिजी फुड्सले यशोदाले उत्पादन तथा बिक्री गर्दै आएको करेन्ट चाउचाउअन्तर्गतको उत्पादनको बिक्रीवितरणमा रोक लगाइपाऊँ भनी उद्योग विभागमा दिएको उजुरीको दाबी नपुग्ने र सो कम्पनीले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी उद्योग विभागबाट २०८० जेठ २९ मा फैसला भएको थियो ।
उद्योग विभागको निर्णयउपर सिजी फुड्सले उच्च अदालत पाटनमा पुनः करेन्ट चाउचाउ उत्पादन बिक्रीवितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा उच्च अदालत पाटनको संयुक्त इजलासले सुनुवाइ गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुंगो लाग्नसमेत बाँकी रहेकोमा उद्योग विभागबाट २०८० जेठ २९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो ।’ भनी भएको आदेशको गलत व्याख्या गरी सञ्चारमाध्यममा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको भन्दै यशोदाले आइतबार एक विज्ञप्तिमार्फत् आपत्ति जनाएको हो ।
उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वयन नगर्न अर्थात् विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्नमात्र आदेश गरेको विषयलाई गलत व्याख्या गरी बिक्रीवितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको भन्दै कम्पनीले सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग, व्यापारी वर्ग तथा डिलरलाई भ्रामक समाचारको पछि नलागी निरन्तर उपभोग तथा बिक्रीवितरण गरिरहन आग्रहसमेत गरेको छ । यशोदा फुड्स नेपालमा करेन्ट ट्रेडमार्कअन्तर्गत विभिन्न स्वादका चाउचाउ, चिजबल्स तथा स्न्याक्स उत्पादन गर्ने नेपालकै प्रतिष्ठित कम्पनी हो ।
कम्पनीका उत्पादन नेपालमात्र नभई भारत, अमेरिका, जापान, कोरिया, युरोपेली मुलुक, अफ्रिकी मुलुकलगायत विश्वभरका थुप्रै मुलुकमा उल्लेख्यमात्रामा निर्यात हुँदै आएको छ । कम्पनीले उद्योग विभागबाट विभिन्न मितिमा दर्ता नम्बर ०५६९३९, ०५६९४१, ०६०९२४, ०६०९२५, ०६०९२८ लगायतबाट ट्रेडमार्क करेन्टको दर्ता प्राप्तसमेत गरिसकेको छ । लामो समयको अनुसन्धान तथा विकासमा ठूलो धनराशि लगानी गरेर उच्च गुणस्तरीय उत्पादन बजारमा पठाउन सफल भएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच