
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आयरल्याण्ड ‘ए’ भएपनि टोली राम्रो रहेको उल्लेख गर्दै पाँच खेलाडी सिनियर टोलीबाट खेलेको बताएका छन् ।
पौडेलले अवसर नपाएका खेलाडीलाई पछिल्ला खेलमा प्रयोग गर्न पाइरहेको पनि उल्लेख गरे ।
रोहितले विश्वकप खेल्ने टोली तय नभइसकेको पनि स्पष्ट पारे । कुशल भुर्तेल र कुशल मल्ललाई बलिङमा अवसर दिनु टोलीका लागि विकल्पका रूपमा तयार पारिएको कप्तान रोहितले उल्लेख गरे। उनले भारतमा राम्रो तयारी गर्न पाए एसिसी प्रिमियर कपका लागि राम्रो हुने धारणा राखे ।
रोहितले भारतको स्टेटको टोली राम्रो रहेको पनि स्पष्ट पारे । नेपालका प्रशिक्षक मोन्टी देसाईले टेस्ट राष्ट्रको ‘ए’ टोली कमजोर नहुने उल्लेख गर्दै एसोसिएट राष्ट्रसँग सेट टोली बनाउन विकल्प कम हुने पनि बताए ।
ओपनर आसिफ सेखले आयरल्याण्डको टोलीसँग दुई खेल जित्नु सुखद् पक्ष रहेको बताए ।
ट्वान्टी–२० विश्वकप अगाडि राम्रो टोलीसँग खेल्नु र जित्नु राम्रो पक्ष हुने उनको विश्वास छ । उनले दुवै खेलमा समग्र टिम इफोर्ट देखिएको समेत बताए । शुरुवात र अन्त्यमा राम्रो ब्याटिङ हुँदा राम्रो योगफल बनाउन सफल भएको आसिफले बताए ।
आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आज भएकाे खेलमा आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो ।
यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच